जनयुद्धमा बेपत्ता पारिएकाका परिवारले कहिलेसम्म आफन्त खोजिरहने ? : सवेदी <p>काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद् पूर्णकुमारी सुवेदीले १० वर्षे जनयुद्धको बेला वेपत्ता पारिएका व्यक्तिका आफन्तले कहिलेसम्म आफन्त खोजिरहने भन्दै प्रश्न गरेकी छिन्।</p> <p>सरकारले छिटोभन्दा छिटो वेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी दिनुपर्ने पनि सुवेदीले माग गरिन्।</p> <p>प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कारबाहीबारे जानकारी दिन पनि सरकारको ध्यानाकर्षण गरेकी छिन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्