सांसदलाई स्रोत साधन सम्पन्न बनाउनुपर्छ : सिलवाल <p>काठमाडौं। एमाले सांसद नवराज सिलवालले सांसदहरूलाई सरकारले स्रोत साधनले सम्पन्न गराउनुपर्ने माग गरेका छन्।</p> <p>निर्वाचन क्षेत्रमा अपुग बजेट भए संसद्ले सरकारसँग माग गर्नुपर्ने पनि बताएका छन्।</p> <p>जेनेभास्थित &lsquo;इन्टर पार्लायमेन्ट युनियन&rsquo;ले संसारभरका संसद् सदस्यहरूको स्थितिबारे तयार गरेको अध्ययन प्रतिवेदनमा नेपाली सांसदहरूको हरिबिजोक रहेको प्रतिवेदन सार्वजनिक गरेकोले सांसदहरूले स्रोत साधनले सुविधा सम्पन्न बनाउनुपर्ने बताएका हुन्। &nbsp;</p> <p>उनले संसद्ले सांसदहरूलाई ल्यापटपसमेत उपलब्ध नगराएका बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्