म्यान्मारमा सैनिक दमनको घटनाको सांसद केसीद्वारा विरोध
<p>काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले म्यान्मारमा नागरिक प्रदर्शनमाथि सैनिक सरकारले गर्दै आएको नरसंहारको घटनाप्रति विरोध जनाएका छन्।</p>
<p>घटनालाई उनले अत्यन्त अमानवीय र निन्दनीय पनि भनेका छन्। </p>
<p>उनले निर्वाचित सरकारलाई बहाल गर्न, लोकतन्त्र पुनःस्थापित गर्न र प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलगायत नेताहरूको रिहाका लागि त्यहाँको सैनिक सरकारलाई विश्वव्यापी रूपमा दबाब बढाउनुपर्ने बताए।</p>
<p>म्यान्मारमा हालसम्म पाँच सय बढी प्रदर्शनकारी मारिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्