सरकार नै संविधान विफल बनाउन लाग्यो : गुरूङ <p>काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले संविधान विफल तुल्याउन सरकार लागेको आरोप लगाएका छन्।</p> <p>त्यसका लागि सरकारले प्रतिनिधिसभालाई फेरि भंग गर्ने र मध्यावधि निर्वाचन गर्न खोजेको बताए।</p> <p>प्रतिनिधिसभा भंग गरे संविधानको ५० प्रतिशत बढी धारा र दफाहरू निश्क्रिय हुने र संविधान विफल हुने गुरुङको भनाइ छ।</p> <p>उनले सरकारलाई संविधानले नचिनेको कस्तो ताजा जनादेशका लागि निर्वाचन? भनेर प्रश्न समेत गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्