रेशम चौधरीलाई माफी दिएर रिहा गर्नेबारे जवाफ माग <p>काठमाडौं। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशमलाल चौधरीलाई माफी दिएर रिहा गर्ने भनिएकोबारे स्पष्ट पार्न सरकारको जवाफ मागेकी छिन्। टीकापुर घटना अमानवीय भन्दै उनले राजनीतिक घटना भनेर चौधरीलाई रिहा गर्न नहुने पनि बताइन्।</p> <p>आज बसेको प्रतिनिधिसभा बैठकमा उनले टीकापुर घटनालाई राजनीतिक मुद्दाका रूपमा अगााडि बढाउनुपर्ने विचारलाई सही भन्न नसकिने तर्क गरेकी छिन्। चौधरीलाई माफी दिए कानुनको अवहेलना हुने उनको धारणा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्