सभामुख तटस्थ हुनुपर्यो : सांसद कृष्णभक्त पोखरेल
<p>काठमाडौं। एमाले सांसद कृष्णभक्त पोखरेलले सभामुख अग्निप्रसाद सापकोटा ‘तटस्थ’ हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभा पुनःस्थापना भएपछिका संसद् बैठकहरूमा सभामुखको भूमिका तटस्थ नदेखिएको आरोप उनले लगाए।</p>
<p>उनले सभामुखको भूमिका कस्तो रहँदै आएको छ भन्नेबारे संसद्मा छलफल गर्न सकिने पनि बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दे पोखरेलले सरकारले केही जरुरी महत्त्वका अध्यादेशहरू संसद् बैठकमा पेश गर्ने क्रममा सभामुखले पक्षधरता लिएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्