प्रधानमन्त्रीको कुर्सीमा कुन सोलुसन लागेको छ? : सांसद परियार <p>काठमाडौं। नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले प्रधानमन्त्रीको कुर्सीमा कुन सोलुसन लागेको छ भन्दै प्रश्न गरेकी छिन्। प्रतिनिधिसभा चाहिँदैन भनेर विघटन गर्ने, अनि सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि पनि प्रधानमन्त्रीसहित उनका मन्त्रीहरूले राजिनामा नदिएको भन्दै परियारले उक्त प्रश्न गरेकी हुन्।</p> <p>संविधान मिचेर ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको मात्रै कांग्रेसले विरोध गरेको उनले बताइन्। अन्य अध्यादेशहरूको भने विरोध नगरिएको उनले स्पष्ट पारेकी छिन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्