नेकपा एकता बदरविरुद्धको पुनरावलोकन निवेदनको सुनुवाइ आज
<p>काठमाडौं। नेकपाको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध दर्ता भएको पुनरावलोकन निवदेनको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासमा हुने भएको छ।</p>
<p>इजलासमा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना पनि रहेका छन्।</p>
<p>पुनरावलोकनका लागि निस्सा दिने कि नदिने इजलासले निर्णय गर्ने छ।</p>
<p>माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २३ फागुनमा नेकपा एकता बदर गर्ने सर्वोच्चको निर्णयविरुद्ध मंगलबार निवेदन दिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्