सत्ता समीकरण र क्रियाशील सदस्यताबारे छलफलका गर्न कांग्रेस बैठक <p>काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना भएपनि संसदले बिजनेस नपाएको र नयाँ सत्ता समीकरण बन्न नसकेको बेला नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।</p> <p>बैठकमा सत्ता समीकरण र पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी म्याद थपबारे छलफल हुने भएको छ।</p> <p>म्याद थपबारेको प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेस गर्ने भएको पार्टी उपसभापति विमलेन्द्र निधीले बताए। बैठक भने दिउँसो २ बजे बस्ने भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्