कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन गर्ने ध्याउन्नमा
<p>काठमाडौं। नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। <br />
सोही बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णयसमेत गरेको छ। पार्टी कार्यालय सानेपामा सो निर्णय गरेको हो। यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्