‘समयभित्रै गुणस्तरीय सडक निर्माण हुनुपर्ने’: केपी शर्मा ओली
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ६७ वटा रणनीतिक सडक निर्माण समयसीमाभित्रै गुणस्तरीय ढंगले सम्पन्न भएको हेर्न चाहेको बताएका छन्।<br />
जनताको चाहना पनि त्यही भएको उनको भनाइ थियो। <br />
निर्वाचन क्षेत्र जोड्ने ती सडकहरूको आज शिलान्यासपछि बोल्दै उनले सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने पनि बताए। समयमै सम्पन्न नहुने, पूँजीगत खर्च र कार्य सम्पादन क्षमता कम हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि उनले टिप्पणी गरे।</p>
प्रतिक्रिया दिनुहोस्