देश, जनता र विकासका लागि निर्वाचनमा जानुपर्छ : ओली
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापित संसद् विघटन गरी निर्वाचनतर्फ जानुपर्ने बताएका छन्।<br />
हालको संसद्को अंकगणित देश, जनता र विकासका लागि प्रतिकूल रहेको भन्दै निर्वाचन अपरिहार्य भएको उनको जिकिर थियो।<br />
१६५ वटा रणनीतिक निर्वाचन क्षेत्र सडकको शनिबार उद्घाटन गर्दै उनले जनताको चाहना निर्वाचन रहेको दाबी गरेका हुन्।उनले भने, ‘‘संसद्को अंकगणित निर्वाचनबाट परिवर्तन हुँदा मात्रै विकास ‘स्मुथ्ली’ हुन्छ।’’</p>
प्रतिक्रिया दिनुहोस्