रेशमको रिहाइलाई सरकारमा जाने कुरासँग नजोडियोस् : भट्टराई
<p>काठमाडौं। जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशमलाल चौधरीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन्।</p>
<p>उनले विपीको रिहाइ माग गर्ने कांग्रेस राजतन्त्रमा सहभागी नभएको र आफ्ना नेताकार्यकर्ताहरूको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिस्ट पञ्चायतमा नगएको भन्दै जसपा कहीँ नजाने स्पष्ट पारे।</p>
<p>रेशमलालको रिहाइलगायत मागसहित सरकारमा जसपा जाने चर्चा चलेको बेला अध्यक्ष भट्टराईको ट्वीटरमार्फत् उक्त अभिव्यक्ति सार्वजनिक भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्