विश्वासको मत लिन नपर्ने निष्कर्ष हाँस्यास्पद : यामलाल कँडेल
<p>काठमाडौं। एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले माओवादी संसदीय दलको बैठकले निकालेको निष्कर्षलाई हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।</p>
<p>त्यो हाँसो धेरै नटिक्ने पनि बताए। देखापढीसँग कुराकानी गर्दै कँडेलले दलको निर्णयअनुसार नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले कदम चाल्ने विश्वास व्यक्त गरे।</p>
<p>शनिबार मुख्यमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले विश्वासको मत लिन नपर्ने निष्कर्ष निकालेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्