कर्णाली प्रदेशका तीन मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन निर्देशन <p>काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ।<br /> आज बसेको बैठकले भोलि दिउँसो १ बजेसम्ममा राजीनामा दिन निर्देशन दिएको दलका नेता यामलाल कँडेलले बताए।<br /> उनका अनुसार ती मन्त्री राजीनामा दिन तयार छन्। तीनैजना मन्त्रीहरू माधवकुमार नेपाल पक्षका हुन्। चैत ४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने दलले निर्णय गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्