नेपाल पक्षको काठमाडौंमा समानान्तर कमिटी <p>काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ। वाग्मती प्रदेशका सांसद वसन्त मानन्धरको नेतृत्वमा समानान्तर कमिटी बनेको हो।&nbsp;<br /> पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र अन्य नेताहरूलाई निलम्बन गरेपछि उक्त समूहले समानान्तर कमिटी बनाउन थालेको छ। त्यसका लागि दुई महिने संगठन विस्तार र सुदृढीकरण अभियान उक्त समूहले घोषणा गरिसकेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्