प्रस्तावित दुई न्यायाधीशको बैशाख ३ गते संसदीय सुुनुुवाइ <p>काठमाडौं। सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी बैशाख ३ गते हुुने भएको छ। संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुुडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि बैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।<br /> प्रस्तावित न्यायाधीश चुडालविरुद्ध दुई र सुुवेदीकाविरुद्ध पाँच उजुरी परेका छन्। उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्