लुम्बिनी प्रदेशका दुई सांसदको पद गुम्दै <p>काठमाडौं। लुम्बिनी प्रदेशका दुई प्रदेश सांसदले आजदेखि पद गुमाउँदै छन्।</p> <p>पद गुमाउनेमा दधिराम न्यौपाने र दिनेश पन्थी छन्। दुवै जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्।</p> <p>नेकपा एमालेमा प्रवेश गरेको र माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरूको पद गुम्ने भएको हो।</p> <p>आज बस्ने प्रदेश सभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले माओवादी केन्द्रले गरेको कारबाही सम्बन्धी पत्र पढेर सुनाउने भएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्