कर्णाली सरकार अल्पमतमा, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने
<p>काठमाडौं । एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएसँगै माओवादी नेतृत्वको कर्णाली सरकार अल्पमतमा परेको छ। </p>
<p>आज कर्णाली सरकारमा रहेका माधव नेपाल समूहका तीन मन्त्रीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। </p>
<p>एमाले संसदीय दलको बैठक जारी रहेको प्रदेशका एक सांसदले देखापढीलाई बताए । एमाले नेतृत्वमै सरकार बनाउने तयारी रहेको बुझिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्