माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन एमाले सांसद धामीको चुनौती
<p>काठमाडौं। नेकपा एमालेका सांसद नरबहादुर धामीले समर्थन फिर्ता लिन नेकपा माओवादी केन्द्रलाई चुनौती दिएका छन् । </p>
<p>आज देखापढीसँग कुराकानी गर्दै सांसद धामीले भने, “अनैतिक कार्य गर्ने प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले किन नैतिक समर्थन दिएको ?”</p>
<p>सरकार बनाउने बाटो खुला रहेको बताउँदै विपक्षीहरूले नयाँ प्रधानमन्त्री दिन किन ढिलाइ गरेको उनले प्रश्न गरे । एमालेभित्रको झगडा पार्टीभित्रै मिल्नेमा आफू विश्वस्त रहेको उनले स्पष्ट पारे ।</p>
प्रतिक्रिया दिनुहोस्