ओलीविरुद्धको लडाइँमा हामी विजय हुन्छौं : माधव नेपाल
<p>काठमाडौं। नेकपा एमालेबाट निलम्बित नेता माधव नेपालले आफूहरू केपी ओलीविरुद्धको लडाइँमा विजय प्राप्त गर्ने बताएका छन्। </p>
<p>बागमती प्रदेश कमिटीको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले भने, “हामीसँग अहिले ओलीसमक्ष आत्मसमर्पण गर्ने कि दृढतापूर्वक उभिने दुई विकल्पहरू मात्र छन्।” </p>
<p>उनले ७७ जिल्लामध्ये ४२ जिल्लामा आफूहरूको पकड रहेको दावी गर्दै उनले देशैभरी नयाँ कमिटीहरू गठन हुने क्रम नरोकिने बताए।</p>
प्रतिक्रिया दिनुहोस्