गृहमन्त्री रामबहादुर थापासहित पाँच मन्त्रीको सांसद पद गुम्ने
<p>काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित पाँच मन्त्रीलाई सांसदबाट हटाउने तयारी थालेको छ।</p>
<p>राष्ट्रिय सभा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माका अनुसार गृहमन्त्री थापासहित उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट हटाउने पत्राचार गरिएको हो। सांसद नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। गृहमन्त्री थापा राष्ट्रिय सभाका सांसद हुन्।</p>
प्रतिक्रिया दिनुहोस्