निर्वाचित सांसदलाई हटाउनु प्रचण्डको निरंकुशताको पराकाष्ठा : प्रभु साह
<p>काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्डद्वारा माओवादी केन्द्रबाट निष्कासित गरी सांसद पदमुक्त गर्ने कार्यलाई शहरी विकासमन्त्री प्रभु साहले “लोकतन्त्रको उपहास एवं निरंकुशताको पराकाष्ठा” बताएका छन्। </p>
<p>“आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्‍नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी दण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,” उनले फेसबुक पोस्टमा लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्