बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल <p>काठमाडौं। बाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँट गरिएको बताएका छन्।&nbsp;</p> <p>मुख्यमन्त्री पौडेलले प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाएका विभिन्न प्रश्नको स्पष्टीकरण दिए ।&nbsp;</p> <p>उनले सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई ५० लाख उपलब्ध गराएको बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्