चार मन्त्रीको सांसद पद खोसियो <p>काठमाडौँ। माओवादी केन्द्रबाट मन्त्री बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीको सांसद पद खोसिएको छ। रायमाझी ऊर्जा, भट्ट उद्योग, शाह शहरी विकास र चौधरी श्रम मन्त्री रहेका छन्।&nbsp;</p> <p>माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाले सोमबार संसद सचिवालयलाई पठाएको पत्र आजको प्रतिनिधिसभा बैठकमा सभामुखले पढेर सुनाएसँगै उनीहरू सांसद पदबाट मुक्त भएका हुन्।</p> <p>राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्