चार स्थानमा प्रतिनिधिसभा सदस्य रिक्त
<p>काठमाडौँ। माओवादी केन्द्रबाट मन्त्री बनेका चार सांसदको पद खारेज भएसँगै कैलाली ३ र ४ नम्बर, रौतहट ३ र अर्घाखाँची ३ नम्बरको प्रतिनिधिसभा सदस्य रिक्त भएको हो।</p>
<p>माओवादी केन्द्रबाट मन्त्री बनेका गौरीशंकर चौधरी, लेखराज भट्ट, प्रभु शाह र टोपबहादुर रायमाझीले दल त्याग गरेको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले राखेसँगै उनीहरूको सांसद पद खोसिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्