कतै फेरि संसद विघटन गर्ने बाटो त बन्दै होइन? : देवेन्द्र पौडेल <p>काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले फेरि संसद विघटन गर्नका लागि संसदलाई कामकारवाही गर्न नदिएको भन्दै आशंका व्यक्त गरेका छन्।</p> <p>बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले संसद विघटनको आफ्नो कदम सही सावित गर्न प्रधानमन्त्रीले संसदलाई कामविहीन बनाउन खोजेको उनको आरोप छ। संसदलाई क्रियाशील बनाउन राजनीतिक समस्या भए दलहरूसँग परामर्श गर्नसमेत उनको माग छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्