सांसदबाट पदमुक्त सबै पूर्वमन्त्रीहरू पुनःनियुक्त <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेका चारैजना पूर्वमन्त्रीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन्।</p> <p>साविककै मन्त्रालय सम्हाल्ने गरी उनीहरू नियुक्त भएका हुन्।</p> <p>ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरीविकास मन्त्री प्रभू साह र श्रममन्त्री गौरीशंकर चौधरी नियुक्त भएका हुन्।&nbsp;</p> <p>राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्