नवनियुक्त चारमन्त्रीले गरे शपथ ग्रहण
<p>काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चारजना मन्त्रीहरूलाई संविधानको धारा ७८ (१) अनुसार शपथ ग्रहण गराएकी छिन्।</p>
<p>शीतल निवासमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जनाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्