१५ दिनभित्र मन्त्री आङबुहाङले लिए दोस्रो पटक शपथ <p>काठमाडौं। प्रदेश&ndash;१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी &lsquo;प्यासी&rsquo; ले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ (लिम्बु) लाई विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।&nbsp;</p> <p>प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा (१) बमोजिम लिम्बुलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार शपथ ग्रहण गराएका छन् ।&nbsp;</p> <p>नेकपा माओवादी केन्द्रबाट एमालेमा गएपछि उनको सांसद पद गएको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्