पदकहरूमा चुच्चे नक्सा नराखिएकोप्रति रावलको आपत्ति
<p>काठमाडौं। एमालेका निलम्बित उपाध्यक्ष भीम रावलले पदकहरूमा नेपालको चुच्चे नक्सा नराखिएकोप्रति आपत्ति जनाएका छन्।</p>
<p>चुच्चे नक्सा नराखिनुको कारण विदेशी गुप्तचरहरूसँग प्रधानमन्त्री केपी ओलीले गरेको भेटघाट हो कि भनेर उनले शंका व्यक्त गरे। उनले प्रधानमन्त्री ओलीको त्यसबारे जवाफ मागेका छन्। </p>
<p>राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्जुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनेको आशय के हो? रावलको प्रश्न छ।</p>
प्रतिक्रिया दिनुहोस्