संसदीय समितिमा सदस्यहरू हेरफेर
<p>काठमाडौं। एमालेले संसदीय समितिहरूमा हेरफेर गरेको छ। कार्य व्यवस्था समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई राखेको छ।</p>
<p>राज्य व्यवस्था समितिमा खेम लोहनी, महेश बस्नेत, दामोदर भण्डारी तथा लेखा समितिमा गोकुल बाँस्कोटा, राजेन्द्र गौतमसँगै महिला समितिमा जानकीदेवी राम रहेकी छिन्।</p>
<p>कृषि समितिमा घनश्याम भुसाल र योगेश भट्टराई रहँदा अर्थ समितिमा मोतिलाल दुगड रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्