मन्त्रिपरिषद बैठक आज साँझ बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल हुने
<p>काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। </p>
<p>बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद्को बैठक नियमित हो। आजको बैठकमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएको छ। </p>
<p>शनिबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। </p>
<p>काठमाडौं लगायतका शहरी क्षेत्रमा तीन साताका लागि विद्यालय बन्द गर्न सीसीएमसीले प्रस्ताव गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्