सत्ता समीकरणमा फस्न हुन्न भन्ने छ : अशोक राई

काठमाडौं। नयाँ सत्ता समीकरणमा जसपा सहभागी नहुने भएको छ।

सोहीअनुसार अन्य पार्टीलाई सत्ताको नेतृत्वका लागि सहजता गराउन नहुने पक्षमा जसपा पुगेको छ।

पार्टी वरिष्ठ नेता अशोक राईले सत्ता समीकरणमा सहभागी हुने अवस्था आए त्यहीबेला निर्णय गरिने बताए।

“सत्ता समीकरणको मागमा फस्न हुन्न भन्ने छ तर बेला आए त्यतिबेलै निर्णय गर्छौंं”, राईले बताए।

कांग्रेस–माओवादी केन्द्र नयाँ सत्ता समीकरण बनाउने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्