माओवादी केन्द्रद्वारा प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई पत्र
<p>काठमाडौं। नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न नेकपा माओवादी केन्द्रले सभामुखलाई सिफारिस गरेको छ।</p>
<p>माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको हो। </p>
<p>माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहका अनुसार सभामुख सरोज कुमार यादवलाई पदमुक्त गरिएको पत्र बुझाइसकिएको छ। प्रदेश सभामा माओवादी केन्द्रका ११ जना सांसद थिए।</p>
प्रतिक्रिया दिनुहोस्