कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई सरकारले बेवास्ता गर्यो : गगन थापा
<p>काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले भाषा उत्तीर्ण गरिसक्दा पनि कोरिया जान नपाएकाहरूलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । </p>
<p>आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “विदेशबाट फर्केकाहरूलाई चमत्कारी सरकारले रोजगार दिन सकेको छैन, भाषा परीक्षा उत्तीर्ण गरेकाहरू अलपत्र परेका छन्, सरकारले निरन्तर बेवास्ता गरिरहेको छ।” उनले सम्बन्धित मन्त्रालयका मन्त्रीलाई संसदमा जवाफ दिन आग्रह गरे।</p>
प्रतिक्रिया दिनुहोस्