संसदमा विधेयकको चाङ लाग्योः सांसद खतिवडा
<p>काठमाडौं। नेकपा एमालेका सांसद घनश्याम खतिवडाले संसदमा विधेयकहरू चाङ लागेको बताएका छन्।</p>
<p>विधेयकहरूमाथि छलफल भने नभएको उनले बताए। उनले माओवादी केन्द्रलाई लक्षित गर्दै विश्वासको मत फिर्ता नलिने र अविश्वासको प्रस्ताव दर्ता पनि नगरी प्रधानमन्त्रीको राजीनामा माग्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।</p>
<p>प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नियमानुसार प्रधानमन्त्रीलाई हटाउन कदम नचालेर माओवादीसँगै अन्य दलहरू असंसदीय ढंगले चलेको आरोप लगाए।</p>
प्रतिक्रिया दिनुहोस्