ममता बनर्जीलाई २४ घन्टा चुनाव प्रचार गर्न रोक <p>काठमाडौं। केन्द्र सरकार, सेना र निर्वाचन आयोगमाथि कडा प्रतिक्रिया दिँदै आएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई चुनाव प्रचारमा २४ घन्टा रोक लगाएको छ ।&nbsp;</p> <p>निर्वाचन आयोगले सोमबार साँझ ८ बजेदेखि मंगलबार बेलुका ८ बजेसम्म निर्वाचन प्रचारमा रोक लगाएको हो ।&nbsp;</p> <p>उनले केही दिनअघि मात्रै मुस्लिम मतदातालाई आफ्नो भोट नबाँड्न अपिल गरेकी थिइन् । निर्वाचन आयोगले यो भनाइलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताएको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्