'मलाई किनारा लगाइँदै छ'
काठमाडौं। नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्।

जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

कम्युनिष्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो।

गत ३ भदौमा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए।

‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएको छु। नोट अफ डिसेन्ट छँदै छ। अध्यक्षद्वयको राजीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौँ। छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन’, नेपाललाई उद्धृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने।

विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई जिम्मेवारीबिहीन बनाएर अपमानित गर्नु न्यायोचित हुँदैन भनेर आफूले पटकपटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्