वैद्य माओवादीले संगठन तथा संघर्षसम्बन्धी दुई-महिने अभियान चलाउने
<p>काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन तथा संघर्षसम्बन्धी दुई-महिने अभियान चलाउने निर्णय गरेको छ। चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। </p>
<p>सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। </p>
<p>संघीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादलाई सशक्त ढंगले अघि बढाउने बैठकले निर्णय गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्