समाजवादी पार्टीका नेता अशोक राईले भने - 'संविधान संशोधनका लागि निर्णायक वार्ता गर्दैछौँ'
इलाम। समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए सरकारबाट बाहिरिने बताएका छन् ।
राईले संविधान संशोधन गर्ने शर्तसहित आफूहरु सरकारमा सहभागी भएको भन्दै संविधान संशोधन समाजवादी पार्टीको प्रमुख अजेण्डा रहेको बताए।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको नगर समायोजन घोषणा सभालाई इलाममा सम्बोधन गर्दै वरिष्ठ नेता राईले अहिलेको संविधानले सबैलाई समेट्न नसकेकाले संशोधन गरेर सबैलाई स्वीकार्य बनाउन खोजेको बताए।
"सबैलाई समेट्ने खालको संविधान बनाउन सरकारमा गएका थियौँ अब पनि संविधान संसोधन भएन भने सरकारबाट बाहिरिन्छौँ", नेता राईले भने।
वरिष्ठ नेता राईले अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेको भन्दै नेपाली समाजमा राजनीतिक क्रान्ति बाँकी नै रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्