अफगानिस्तान छाड्दै अमेरिकी सैनिक
काठमाडाैं। अमेरिकी सैनिकले आगामी सेप्टेम्बर ११ तारिखअघि नै अफगानिस्तान छाड्ने भएका छन्।
गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो।
अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले सैन्य फिर्तीको घोषणा गरेको हो।
त्यसबारे राष्ट्रपति बाइडनले बुधबार घोषणा गर्नेछन्।(बीबीसी)
प्रतिक्रिया दिनुहोस्