कोभिड विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरूद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन्।
नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर नयाँ वर्ष मनाउन आग्रह गरेका हुन्।
‘नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाइँमा हरसम्भव प्रयास गरिरहेको छ।’ उनले शुभकामना सन्देशमा भनेका छन्।
प्रतिक्रिया दिनुहोस्