उपत्यकाबासी टनेल कसरी बन्दैछ भनेर हेर्न जान सक्छन्: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासी नागढुंगा नौबीसे सुरुङमार्ग निर्माणको काम हेर्न जान सक्ने बताएका छन्।
उनले सुरुङ निर्माण प्रक्रिया अवलोकन गर्न उपत्यकाका बासिन्दा त्यस क्षेत्रमा गएर हेर्न सक्ने बताएका हुन्।
उनले भने, “नौबीसेबाट ५ किलोमिटरमै कसरी काठमाडौं आउन सकिन्छ भनेर अवलोकन गर्न मिल्छ। काठमाडौंवासी हेर्न जान सजिलो भएको छ।”
प्रतिक्रिया दिनुहोस्