चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई सीएनआईको स्वागत
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।
परिसंघका अध्यक्ष शतिसकुमार मोरले स्वागत गर्दै व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रका छाता संगठन एक हुनुपर्ने बताए।
कोभिड–१९ महामारीको समयमा पनि निजी क्षेत्र एक भएर अगाडि बढेको उनको भनाई छ।
उनले दोस्रो लहरको कोरोना महामारीमा पनि देशको अर्थतन्त्र बचाइराख्न सरकारलाई संयुक्त सुझाव पेस गर्नुपर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्