भारत–पाकिस्तानबीच अझै तनाब बढ्ने अमेरिकी रिपोर्टको दाबी काठमाडौं। अमेरिकाको इन्टेलिजेन्स कम्युनिटीको एक वार्षिक प्रतिवेदनमा छिट्टै भारत–पाकिस्तानबीच युद्धको सम्भावना नरहे पनि सम्बन्धमा भने तनाव थप बढ्ने उल्लेख गरेको छ। मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनमा भारत–पाकिस्तानबीच आगामी दिनमा गम्भीर संकट बढ्ने जनाइएको छ। कसैको उक्साहटमा भारतीय प्रधानमन्त्री मोदीले सैनिक कारबाही अगाडि बढाउने सम्भावना पनि बढी रहेको प्रतिवेदनमा लेखिएको छ। कस्मिरमा हुने हिंसाले दुई देशबीच टकराव बढाउने अनुमान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्