‘सफा हिमाल अभियान २०२१’ को ब्यानर हस्तान्तरण
काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘सफा हिमाल अभियान २०२१’ को व्यानर हस्तान्तरण गरी सफा हिमान अभियानको भुभारम्भ गरेका छन्।
प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लम हिमालको सफाई गरिने अभियानको उद्देश्य रहेको नेपाली सेनाले जनाएको छ।
यस्तो अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण कम गर्न सघयोग पुग्ने बाताइएको छ।
प्रतिक्रिया दिनुहोस्