प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम
गण्डकी। कास्की क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणले तीव्रता पाएको छ।
सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माणले तीव्रता पाएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरूपमा सञ्चालित दुई करोडका विभिन्न २४ वटा योजनामध्ये ५० प्रतिशतको निर्माण सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्