समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई कोरोना
काठमाडौं। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई कोरोना लागेको छ।
आज बिहान उनले ट्वीट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएका हुन्। संक्रमित भएपछि आफूलाई आइसोलेटेड गरेको र घरमै उपचार सुरु भएको बताएका छन्।
उनले लेखेका छन्, “मसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई परीक्षण गराउन र आइसोलेशनमा बस्न आग्रह गर्छु ।”
प्रतिक्रिया दिनुहोस्