सिरियाको मार्गमा अघि बढ्दै म्यानमार काठमाडौं। मानवअधिकार सम्बन्धी राष्ट्रसंघका उच्च आयुक्त मिशेल बाचेलेटले म्यानमार सिरियाको मार्गमा अघि बढेकोमा चिन्ता गर्दै यसलाई रोक्न अन्य राष्ट्रहरुलाई आग्रह गरेकी छन्। म्यानमार सन् २०११ को सिरियाजस्तै पूर्ण रुपमा द्वन्द्वमा फस्न लागेको उनले बताइन्। म्यानमारमा भइरहेको सैनिक दमन रोकी सिरियाजस्तै बन्नबाट जोगाउन उनले अन्तर्राष्ट्रिय समुदायलाई भनेकी छन्। म्यानमारको सुरक्षा फौजले साढे दुई महिनामा ७ सयभन्दा भढी प्रदर्शनकारीको ज्यान लिइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्